नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।


सुनको मूल्य प्रतितोला रू तीन सयले बढेको छ ।
बुधबार प्रतितोला रू एक लाख ५० हजार चार सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार सात पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ८० कायम भएको छ ।

