सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य प्रतितोला रू छ सयले घटेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।



आज चाँदीको मूल्य भने बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ९० कायम भएको छ ।

 

सम्बन्धित समाचार