नवकान्तिपुर संवाददाता
काठमाडौँ, २१ मङ्सिर l


भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुग्नुभएको छ ।
उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ ।
भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँमा हुनुहुन्छ । उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


