भुटानी नरेश स्वदेश फिर्ता

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्कनुभएको छ ।

उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो ।



आज बिहान काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो ।

भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आउनुभएको हो ।

सम्बन्धित समाचार