सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य प्रतितोला रू चार सयले घटेको छ ।

शुक्रबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ४९ हजार सात सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला रू एक हजार आठ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ६५ कायम भएको छ ।

सम्बन्धित समाचार