नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।
नेपालमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य बुधबार प्रतितोला रु १ लाख ५४ हजार २०० रुपैयाँ तोकिएकामा आज पनि सोहि मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुन पनि बुधबारकै मूल्य अनुसार नै कारोबार भएकोे छ। सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै बुधबारको मूल्य नुसार नै कारोबार भएको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।