रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो । त्यस्तै अदालतले सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरिरहेको कास्की प्रहरीलाई बिहिबार म्याद थपसंगै लामिछानेको आवश्यक स्वास्थ्योपचार गर्न र त्यसको प्रतिवेदन बुझाउन, तथा मानव अधिकार हनन हुने कुनै काम नगर्न, नगराउन समेत आदेश दिएको छ ।

सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

सम्बन्धित समाचार