बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अछाम साँफेवगर नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने २० वर्षीय आकाश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौं बबरमहलको गत साउन २३ गतेको फैसलाले ४ लाख जरिवाना र १६ हजार रूपैयाँ क्षतिपूर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं मैतीदेवीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पाटन पठाइएको छ ।

सम्बन्धित समाचार