सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू चार सयले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको हो ।

आइतबार सुन प्रतितोला रू एक लाख ५० हजार आठ सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५१ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

या चाँदीको मूल्य भने स्थिर रहँदै आइतबारको मूल्य अनुसार नै कारोबार भएको छ । आइतबार चाँदी तोलामा एक हजार ८४० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार