करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

सुनसरी, देवानगंज गाउँपालिका-३ बस्ने ३५ वर्षीय राजा कृष्ण मेहताको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका उनकै छोरा करण मेहतालाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार