सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू पाँच सयले घट्दा चाँदीको मूल्य पनि २० रपैयाँले घटेको हो ।

सोमबार सुन प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ४९ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

या चाँदीको मूल्य पनि २० रुपैयाँले घट्दै प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा एक हजार ७८० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार