नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।


जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत चार जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७ सय १५ रूपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


