नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।
तेह्रथुम, मेन्छयायेम गाउँपालिका-६ सल्लेरी पुच्छरस्थित खोरूङगा खोलाको दहमा डुबेर दुईजनाको शनिबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मेन्छयायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा नर्सको रूपमा कार्यरत मोरङ विराटनगर घर भएकी २४ वर्षीया रबिना राजवंशी र मेन्छयायेम गाउँपालिका-५ बस्ने कमल भट्टराईकी छोरी १४ वर्षीया सुस्मिता भट्टराई रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।