नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।
आफ्नै बुबा ५० वर्षीय यदु बहादुर बस्नेतको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले राजारामलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका यदुको नेपाल मेडिकल कलेज अत्तरखेलमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।