नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुस ।
बारा, बारागढी गाउँपालिका-२ दौर्वा चोकस्थित सडकमा दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया कवित्री देवी महराको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।