नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।