नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । चितवन, खैरहनी नगरपालिका-१० कठारस्थित सडकमा ना.५ ख ३९८ नम्बरको बस र प्रदेश.३-०३-००१ प ४७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५५ वर्षीय बसन्त कुमार चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै भोजपुर, भोजपुर नगरपालिका-५ डाँडाटोल बोखिमस्थित सडकमा तल्लो बोखिमबाट ट्याम्केतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६९२३ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा स्कार्पियोमा सवार झापा गौरादह नगरपालिका-७ बस्ने ६६ वर्षीय झंक बहादुर घलेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कार्पियो चालक समेत ९ जना मध्ये दुई जनाको सोही अस्पतालमा र तीन जनाको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रिफर गरिएको छ ।
यस्तै म्याग्दी, रघुगंगा गाउँपालिका-३ पिल्लेस्थित सडकमा राहुघाट हाइड्रोपावरको डिपी २ ए ७५६८ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा चालक भारत उत्तर प्रदेश बखरिया घर भएका ३३ वर्षीय दशरथ यादव र सहचालक भारत मध्य प्रदेश भेलबारी घर भएका ४० वर्षीय शत्रुधन रजकको घटनास्थलमै मृत्यु भएको छ ।
यता दाङ, गढवा गाउँपालिका-५ कक्रहवास्थित सडकमा रा.१ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार राजपुर गाउँपालिका-३ भैसहवा बस्ने ५० वर्षीय तुलाराम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता बागलुङ, गल्कोट नगरपालिका-८ जोईढुङ्गास्थित सडकमा लु.३ च १८९१ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार नवलपरासी पूर्व कावासोती नगरपालिका-३ बस्ने ५१ वर्षीय सुर्य बहादुर भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कपिलवस्तु, वाणगंगा नगरपालिका-१० मझौवास्थित सडकमा लु.३८ प ४१४१ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा चालक शुद्धोधन गाउँपालिका-४ बस्ने ३२ वर्षीय अक्रम हुसेनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राम बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी पर्सा, वीरगंज महानगरपालिका-२५ बहुअरीस्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनले ना.२५ प ९०९१ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा सुवर्ण गाउँपालिका-२ कवही टोल बस्ने प्रमोद मिश्राको छोरा १६ वर्षीय राज मिश्राको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार रहेको सवारी साधनको खोजी गरिरहेको छ । त्यस्तै खोटाङ, केपिलासगढी गाउँपालिका-३ राखी तापखोलास्थित सडकमा ना.१ ज ७१८१ नम्बरको सुमो बुधबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार सोही गाउँपालिका-१ बस्ने ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।