वामदेवले माधवजी र म एक हुने भयौं भनेपछि…

नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न छलफल चलाइरहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एकीकृत समाजवादीसँग एकताको समझदारी भएको बताउनुभएको छ ।

बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला छलफलहरू सकारात्मक भएको भंदु छिट्टै पार्टी एकता हुने जानकारी दिनुभयो ।

गौतमले पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको र पार्टी एकताका लागि माधव र आफू एकजुट भएको जानकारी दिनुभयो ।

‘माधवजी र म एकजुट हुने भइसकियो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ । जुन दिन पार्टी एकता हुन्छ, त्यही दिन यसरी एकता भयो भनेर तपाईँलाई जानकारी गरौँला’, उहाँले भन्नुभयो ।

त्यस्तै भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा गौतमले ‘माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन’ भनी जवाफ दिनुभयो । एकीकृत समाजवादीमा एकता राष्ट्रिय अभियानलाई मिसाउनेबारे छलफल गर्न गौतम तेस्रो पटक संवादमा बस्नुभएको हो ।

सम्बन्धित समाचार