नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।


नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू पाँच सयले बढ्दा चाँदीको मूल्य पनि २५ रपैयाँले बढेकोहो ।
बुधबार सुन प्रतितोला रू एक लाख ५१ हजारमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढ्दै प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा एक हजार ७६५ रुपैयाँमा किनबेच भएको थियो ।
