मृत अवस्थामा सात जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । काठमाडौं, तारकेश्‍वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने सिराहा बरियारपट्टी गाउँपालिका-२ घर भएका ५० वर्षीय किशन कुमार राय आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बाजुरा, बडिमालिका नगरपालिका-८ कोट बस्ने ५५ वर्षीय सुर्य थापा सोही नगरपालिका-८ राप्कास्थित साँफे मार्तडी सडक खण्डको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै मोरङ, जहदा गाउँपालिका-४ सिसौबारी टोलस्थित सडकको नालीमा रंगेली नगरपालिका-२ बबियाबिर्ता बस्ने ३२ वर्षीय महेश हस्दा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता ललितपुर, गोदावरी नगरपालिका-१० टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उता प्युठान, नौबहिनी गाउँपालिका-६ धाखोला बस्ने ४२ वर्षीया नारायणी बिसी सोही नगरपालिका-६ स्थित टुट्ले भिर नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी जुम्ला, तातोपानी गाउँपालिका-६ बस्ने ४५ वर्षीय लक्ष्मी चन्द्र डाँगी सोही गाउँपालिका-२ बालुज्युलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार