प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच करिब दुई घण्टा वार्ता , के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार