जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली, गौरीगंगा नगरपालिका- ६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हरिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार