नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू आठ सयले बढेको हो ।
बुधबार प्रतितोला रू एक लाख ५२ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेको छ । बुधबार तोलामा एक हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर एक हजार ८४० रुपैयाँ कायम भएको छ ।