सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुन जस्तो देखिने धातु करिब १४९.११ ग्राम सहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।

सम्बन्धित समाचार