१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार