नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-६ बाट स्रोत नखुलेको नगद १५ लाख ७० हजार रूपैयाँसहित सोही गाउँपालिका-७ हर्नामपुर बस्ने ३० वर्षीय निरज कुमार मिश्रलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।