सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँ बस्ने २७ वर्षीय अभिनाश प्रधानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

अभिनाशले पीडित युवतीसँग फेसबुकमा साथी बनी प्रेम सम्बन्ध भएको र सम्बन्ध बिग्रिए पश्चात् पीडितको अनुहारमा नग्न महिलाको तस्विर जोडी अपशब्द लेखि गालीगलौज गरी पीडितको म्यासेन्जरमा पठाइ चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार