नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ

नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका-३ ठेगाना भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखि रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्ठा विश्वास दिलाई ३ लाख रूपैयाँ लिई फरार भएको घटनामा संलग्न कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।

सम्बन्धित समाचार