नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ थुमपाखरस्थित सडकमा मधेश प्र.०३-००२ ख ०५३४ नम्बरको ट्रकले बा प्र.०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४८ प ७५३९ नम्बरको स्कुटरलाई शुक्रार दिउँसो ठक्कर दिँदा बा प्र.०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकल चालक लिसंखुपार गाउँपालिका-७ डाडाँपाखर बस्ने ३७ वर्षीय दावा छिरिङ लामाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जना सन्धु सदाबहार खाडिचौरमा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै म्याग्दी, बेनी नगरपालिका-६ जरबुट्टास्थित सडकमा बेनीबाट जरबुट्टातर्फ जाँदै गरेको ग.१ ज ५९९१ नम्बरको बोलेरो जिप गए राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै धादिङ, थाक्रे गाउँपालिका-८ चारकिलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय साईबाबा सामुदायिक अस्पताल धार्के हुँदै ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यता नवलपरासी पूर्व, कावासोती नगरपालिका-३ सभापतिचोकस्थित सडकमा दिल्लीदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय मान बहादुर सुनारको शुक्रबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिवनसिटी अस्पताल हुँदै नँया मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ चाँदनी चोकस्थित सडकमा बा.१५ च ९१४ नम्बरको स्कार्पियोले ना.३२ प ४३८६ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कार्पियोमा सवार मध्यबिन्दु नगरपालिका-१२ नवलपुर बस्ने २१ वर्षीया प्रिति ग्रन्जा मगरको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवन हुँदै ग्राण्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता रूपन्देही, तिलोत्तमा नगरपालिका-१ ड्राईभरटोलस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.१४ प ८४३९ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटरमा सवार भारत पश्चिम चम्पारण बिहार घर भई रूपन्देही बुटवल उपमहानगरपालिका-११ देविनगर बस्ने १८ वर्षीय रन्जित कुमार दास र २५ वर्षीय किसान कुमार दासको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रन्जित कुमार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो भने किसान कुमारको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मनकामना मन्दिरस्थित सडकमा प्रदेश ३-०२-०१४ प २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ ।
यस्तै स्याङ्जा, आँधीखोला गाउँपालिका-५ कृषिस्थित सडकमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग.१ क ५१३९ नम्बरको टिपर शुक्रबार राति दुर्घटना हुँदा चालक पर्वत कुश्मा नगरपालिका-१४ बस्ने ३७ वर्षीय चन्द्र बहादुर नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बाँके, राप्तीसोनारी गाउँपालिका-२ टिक्लीपुरको ओरालोस्थित सडकमा हरिहरपुरबाट टिक्लीपुरतर्फ जाँदै गरेको भे.१२ प २६२० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक राप्तीसोनारी गाउँपालिका-८ धरमोती बस्ने २९ वर्षीय सुरज थारू र मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ राजपुर बस्ने ४० वर्षीया सिता कुमारी थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुर हुँदै नर्सिङहोम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।