नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ माघ ।


सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले आइतबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतमा एकसाता चलेको बहसपछि लामिछाने धरौटीमा रिहा हुनुभएको हो ।
दुई पक्षका वकिलको बहसपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताउनुभयो ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो ।
