बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर रवि लामिछाने रिहा

पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने एक करोड धरौटी बुझाएर रिहा हुनुभएको छ ।

आइतबार सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले आइतबार लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर रिहा हुनुभएको हो ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले आइतबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतमा एकसाता चलेको बहसपछि लामिछाने धरौटीमा रिहा हुनुभएको हो ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सम्बन्धित समाचार