नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।


सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुकी सल्यानको दार्मा गाउँपालिका-४ मौलाहाल्ने बजारस्थित सडकमा रा.७ प ४५५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका-७ हिले बस्ने २६ वर्षीय गोपाल डाँगीको मृत्यु भएको को ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
