नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।


९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान, ऐरावती गाउँपालिका- ५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
