नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनको मूल्य घटेको छ । सुन प्रतितोला रू एक सयले घट्दा चाँदी भने प्रतितोला रू ३० ले बढेको हो ।
बुधबार प्रतितोला रू एक लाख ६० हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज बुधबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू ३० ले बढेर रू एक हजार आठ सय ८५ तोकिएकोे छ । चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ५५ मा किनबेच भएको थियो ।