बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३२ वर्षीय सुशील नेपाल र बाँके बैजनाथ गाउँपालिका-३ गाभर घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने २७ वर्षीया सुष्मिता परियार रहेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका सुशिललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट शुक्रबार पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी सुष्मितालाई काठमाडौं अनामनगरबाट सोमबार पक्राउ गरेको हो ।

सुशीललाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ भने सुष्मितालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।

सम्बन्धित समाचार