नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
नेपालमा आज(आइतबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला रु १ लाख ६२ हजार ८०० रुपैयाँ तोकिएकामा आज पनि सोहि मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुन पनि शुक्रबारकै मूल्य अनुसार नै कारोबार भएकोे सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने रु पाँचले घट्दै एक हजार नौ सय १० मा कारोबार भएको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।