मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कस्थित निर्माणाधीन मन्दिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मोरङ, रंगेली नगरपालिका-३ दौलतपुरस्थित केदार उप्रेतीको गोठको बाहिर राखेको खाटमा सोही नगरपालिका-३ आमतोला बस्ने ६५ वर्षीय हरिलाल किस्कु आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दाङ, बबई गाउँपालिका-७ रावततरास्थित बबई नदीमा शान्तिनगर गाउँपालिका-६ देवीपुर बस्ने ७८ वर्षीय कुशल खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता म्याग्दी, मालिका गाउँपालिका-६ सानोधैरेनीस्थित सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार