नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु एक हजार नौ सयले बढ्दा चाँदीको मूल्य रु ३५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार सात सयमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला रु ३५ बढेर एक हजार नौ सय ३० मा कारोबार भइरहेको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार आठ सय ९५ मा कारोबार भएको थियो ।