मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको हो : सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको विशेष समयमा उहाँले यसका लागि सरकारले छ वटा अध्यादेश ल्याएको बताउनुभयो ।

“मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ”, सांसद पन्तले भन्नुभयो, “अध्यादेश देश र जनताको हितमा छ ।” विगतमा थिलथिल बनाएको अर्थतन्त्रलाई वर्तमान सरकारले सुधार गर्ने प्रयास गरिरहेको उहाँको भनाइ थियो ।

सांसद पन्तले भन्नुभयो, “सरकारले ल्याएका कानुनमा जनताको अधिकार कहानेर खोसिएको छ, अध्यादेश ल्याउनु सरकारको अधिकारको कुरा हो ।” उहाँले ६ वटा अध्यादेशमा २९ कानुन संशोधनको कुरा उठाइएको र संसद् कुण्ठा अभिव्यक्ति गर्ने ठाउँ नभएकाले जनताको हित र समृद्धिका लागि बोल्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार