सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य आज घट्दा चाँदीको भने बढेको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु चारसयले घट्दा चाँदीको मूल्य भने रु ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु ५ बढेर एक हजार नौ सय ८५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु एक हजार नौ सय ८० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार