सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य आज बढ्दा चाँदीको भने घटेको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु एक सयले बढ्द चाँदीको मूल्य भने रु २५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६८ हजार एक सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु २५ घटेर एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । शुक्रबार सोही परिमाणको चाँदी रु एक हजार नौ सय ८५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार