नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।


सुनचाँदीको मूल्य आज बढेको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु एक हजर चार सयले र चाँदीको मूल्य भने रु १५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६९ हजार छ सयमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला रु २५ बढेर एक हजार नौ सय ७५ मा कारोबार भइरहेको छ । आइतबार सोही परिमाणको चाँदी रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो ।
