नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।


१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ, खप्तडछान्ना गाउँपालिका-७ गडराय बस्ने ३४ वर्षीय विरेन्द्र रोकायालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विरेन्द्रले ती बालिकालाई गत असोज ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
