नवकान्तिपुर संवाददाता
काठमाडौँ, २९ माघ l
सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय बढेको हो ।
सोमबार प्रतितोला एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।