सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धनुषा र सिरहामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-२ रमौल टोलस्थित सडकमा बटेश्वरबाट रमौल टोलतर्फ जाँदै गरेको म.प्र.०२-००६ प ६१३९ नम्बरको स्कुटर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ४१ वर्षीया हेम कुमारी रेग्मीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सिरहा, सिरहा नगरपालिका-३ स्थित सडकमा रमौलबाट मखनाहातर्फ आउँदै गरेको स.५ प २५१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने ४० वर्षीय शत्रुधन साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार