नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।


सुनसरी र रुपन्देहीबाट मृत अवस्थामा दुई जना फेला परेका छन् ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ अन्नपुर्ण लाईन डेरा गरी बस्ने भोजपुर
हतुवागडी गाउँपालिका-२ घर भएका ४५ वर्षीय राज कुमार राई आफ्नै डेरा कोठाको शौचालयमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रूपन्देही, कञ्चन गाउँपालिका-१ सुन्दर नगर बस्ने ४५ वर्षीया पार्वती दर्जी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


