नवकान्तिपुर संवाददाता
काठमाडौं, २ फागुन ।


नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला रु चार सय र चाँदी प्रतितोला रु पाँचले बढेको हो ।
बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार२०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, आज चाँदी प्रतितोला रु ५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ । बिहीबार चाँदी तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको थियो ।

