नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । धनकुटा, महालक्ष्मी नगरपालिका-७ आन्द्रुङ बस्ने ४६ वर्षीया फुलमाया कार्की घर नजिकै बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ कुसुमघाटस्थित नारायणी नदी किनारमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हुब्राचौर बस्ने ५८ वर्षीय सन्दिप कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धादिङ, धुनिवेशी नगरपालिका-९ मसिने जंगलको खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता झापा, अर्जुनधारा नगरपालिका-४ गरूवा टोल बस्ने बिकाश पौडेलको खाली घरको बरन्डाको खाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता संखुवासभा, खाँदबारी नगरपालिका-१ बसपार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।