२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके, नरैनापुर गाउँपालिका-५ सर्वराजपुर्वा बस्ने ३६ वर्षीय जगतराम साहुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जगतरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार