सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य तोलामा एक हजार दुई सयले र चाँदीको मूल्य रू १५ ले बढेको छ।

आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार